भारतसँग नेपाल हार्नुका ४ कारण

SHARE

भारतसँग नेपाल हार्नुका ४ कारण

साफ यू-१५ फुटबलको उपाधी भारतले जितेको छ।

आइतबार फाइनलमा आयोजक नेपाललाई २-१ ले हराउँदै भारतले ट्रफि उचालेको हो। खेलमा पेनाल्टी मार्फत सुरुआती अग्रता लिएपनि नेपालले जित हात पार्न सकेन।

यस्ता छन् नेपाल हार्नुका चार कारण – पहिलो, नेपालले खेलमा ४१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दे अग्रता लिएको थियो। तर नेपाल गोल गरे लगत्तै डिफेन्सिभ खेल्न थाल्यो। नेपालले आफ्नो पोस्टको सुरक्षामा जोड दियो, बल अगाडि बढाउने प्रयास निकै कम गर्‍यो।

दोश्रो, नेपाल फिनिसिङमा चुक्यो। फस्ट हाफमा पाएका केही अवसर गोलमा बदल्न सकेन। दोश्रो हाफमा काउन्टर एट्याकको रणनीति बनाएको नेपालले पाएका अवसर सुदपयोग गर्न सकेन। नेपालका प्रशिक्षकले पनि डिफेन्सिभ गेम र काउन्टर अट्याकको रणनीति बनाए। जुन गलत सावित हुन पुग्थ्यो। नेपाल आफ्नो एरियामा आएको बल क्लियर गर्नमै समय गुमाउन पुग्यो।

तेश्रो, नेपाली टोलीको बल पास एक्युरेसी देखिएन। नेपाली प्रशिक्षक सुनिलकुमार श्रेष्ठले सर्ट पास खेल्ने बताएका थिए। तर, खेलाडीहरुको मुड त्यस अनुसार देखिएन।

चौथो, भारतको खेल आफैँमा चुस्त थियो। समूह चरणमा कुनै खेल नखेलेको भारत बलियो थियो। यता नेपाल भने मनोवैज्ञानिक रुपमै कमजोर देखियो। समूह चरणमा पनि भारतसँग हारेको नेपाल यसपटक पनि मनोवैज्ञानिक प्रेसरमा देखियो। नेपाली खेलाडीहरु भारतीय खेलाडीहरुसँगको प्रतिष्पर्धामा सुरुवात देखिनै दबाबमा देखिए। समर्थकको उत्साहका बीच पनि भारतसँग नेपाल पराजित भयो।

SHARE

Author: verified_user