खाल्डाको पानीमा डुबेर बालकको मृत्यु
२ भदौ, झापा। खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका-१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ ।
अझै पनि विवरण संकलकनलको क्रम जारी रहेकाले यो क्षतिको परिमाण अझै बढ्न सक्ने अनुमान छ । पशुपंक्षी मन्त्रालयका अनुसार अहिलेसम्म ७२ हजार ६९९ वटा पशुपंक्षीहरुको क्षति भएको विवरण आएको छ ।