
फिफा वरियतामा नेपाल एक स्थान माथि पुग्यो, ब्राजिल पहिलो
साउन २६, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीवार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अहिले १ सय ६९ स्थानमा उक्लिएको नेपाल यसअघि १ सय ७० औँ स्थानमा थियो । दक्षिण एशियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एशियामा राष्ट्रहरुमध्ये शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ ।
त्यसैगरी माल्दिभ्स १ सय ४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १ सय ६५औंँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बङ्गलादेश १ सय ८९ औँ स्थान, श्रीलङ्का १ सय ९७ आँै तथा पाकिस्तान २ सयौं स्थानमा यथावत् छन् ।
ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ । त्यस्तै अर्जेण्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौंथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् । रासस