कुवेतमा एक नेपालीको मृत्यु

SHARE

कुवेतमा एक नेपालीको मृत्यु

२९ अगस्ट, कुवेत । कुवेतमा एक नेपालीको निधन भएको छ ।

२० महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएका रुपन्देहीको बुटवल घर भएका ३२ वर्षीय तारा दर्गा मगरको मंगलबार कुवेतको मुबारक अल-कविर अस्पतालमा मृत्यु भएको हो ।

नरेज रेस्टुरेन्टमा कार्यरत उच्च रक्तचापका बिमारी तारा १ हप्ता अगाडि डिउटी जाने क्रममा अचानक बेहोस भएपछि उनलाई कुवेतको मुबारक अल-कविर अस्पतालको सघन उपचार कक्षमा इमर्जेन्सी भर्ना गरिएको थियो ।

निरन्तर उपचार गर्दापनि ७ दिनसम्म होस नखुलेपछि अस्पतालका डाक्टरहरूले मंगलबार उनलाई मृत घोषणा गरेको राम बस्नेतले जानकारी दिए ।

Source : OnlineKhabar
SHARE

Author: verified_user