साफ यू-१५ च्याम्पियनसिप ! हेर्नुहोस कति गोल हान्यो त नेपालले

SHARE

नेपालले नराम्रोसंग धुलो चटयो माल्दिभ्सलाइ साफ यू-१५ च्याम्पियनसिप ! हेर्नुहोस कति गोल हान्यो त नेपालले

भाद्र ५, २०७४- साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६-० ले पराजित गरेको छ । नेपाली राष्ट्रिय यू-१५ फुटबल टोलीले माल्दिभ्सविरुद्ध हाफ टाइमसम्म ४-० को अग्रता लिएको थियो ।

नेपालका लागि १०औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए। दोस्रो गोल १० मिनेटपछि दर्शन गुरुङको नाममा रहयो। कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल थपेका थिए। आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै रोशन दोङले नेपालको अग्रता बढाएका थिए। ब्रिजेशले ७३औं मिनेटमा २०यार्डको दुरीबाट गोल गर्दै ६-०को अग्रता दिलाए।

जितसँगै नेपाल समूह'बी'बाट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ। नेपालले समूह विजेताको छिनोफानो गर्न बुधबार भारतको सामना गर्नेछ।

SHARE

Author: verified_user