बझाङमा एकाबिहानै भूकम्प
६ भदौ, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
बझाङको कोइरालाकोट केन्द्रविन्दु भएर बिहान ६ बजेर ३५ बजे ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरा, हुम्ला, दार्चुला, बैतडी, डोटी, अछामलगायतका जिल्लामा महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।
बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले भूकम्पबाट हालसम्म कुनै पनि क्षति नभएको जानकारी दिए । ‘भूकम्पको धक्का महसुस भएको त छ तर क्षति पुगेको कुनै पनि सूचना हालसम्म प्राप्त भएको छैन,’ प्रमुख जिल्ला अधिकारी जोशीले अनलाइनखबरसँग भने ।
Source: OnlineKhabar